fbpx

महेश बाबुको फिल्मले कमायो दश दिनमा १ सय ६१ करोड

कोशी अनलाइन
वैशाख २०, साउथ इन्डियन सुपर स्टार महेश बाबु अभिनित ‘भरत अने नेनु’ले दश दिनमा १ सय ६१ करोड कमाएको छ । महेश बाबु र कियारा आडवाणीको शीर्ष भूमिका रहेको सो फिल्मले बक्सअफिसमा नयाँ कीर्तिमानी रचेको छ ।

राजनीतिक विषयमा आधारित यो फिल्मलाई कोर्टाला शिवले निर्देशन गरेका हुन् । तेलेगु भाषामा निर्मित यो फिल्मले पहिलो दिनमै अमेरिकामा १३ करोड ७२ लाख कमाएको हो । यसैगरी अष्ट्रेलियामा १ करोड ७२ लाख तथा आन्ध्र प्रदेशमा २३ करोड ५२ लाख कलेक्सन गरेको थियो ।

प्रतिक्रिया

4 × 2 =

Loading...