fbpx

चलचित्र ‘लम्फु’को अर्को गीतको भिडियो सार्वजनिक

काठमाण्डौँ, वैशाख २० । चलचित्र ‘लम्फू’को अर्को गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रमोद खरेलको स्वरमा रहेको ‘तिमीलाई भुलेर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा अर्जुन पोखरेलको संगीत तथा युवराज सापकोटाका शब्द रहेका छन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कबिर खड्का र मरिष्का पोखरेल फिचरिङ्ग गरिएको छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । चलचित्रमा तरकारीवालीको नामले ईन्टरनेटमा भाईरल भएकी कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।

पपुलर मल्टिमिडियाको ब्यानरमा बनेको यस चलचित्रलाई निर्देशक गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रको लेखन भूपतिले गरेका हुन् ।

चलचित्रको छायांकन दिपक बज्राचार्यले गरेका हुन् भने सम्पादन हरि सिलवालले गरेका हुन् । चलचित्रमा रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

प्रतिक्रिया

1 + eight =

Loading...