fbpx

चलचित्र ‘गोपी’को घोषणा, खगेन्द्र लामिछाने शिर्ष भूमिकामा

काठमाण्डौँ, वैशाख १९ । चलचित्र ‘गोपी’को घोषणा गरिएको छ । यो चलचित्रमा नायक खगेन्द्र लामिछाने मुख्य भूमिकामा देखिने छन् ।

चलचित्र देशमै केही गर्छु भन्ने यूवाको मुलकथामा केन्द्रित हुने चलचित्रमा खगेन्द्रसँगै सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

भदौ १ गतेबाट छायांकन सुरु हुने चलचित्रको निर्देशन दीपेन्द्र लामाले गर्दैछन् । आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् ।

चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा, दीपेन्द्र लामाकै कथा रहेको छ । चलचित्रको सम्पादन भने निमेष श्रेष्ठले गर्ने छन् भने शैलेन्द्र डी कार्कीको छायांकन रहनेछ । चलचित्रको रिलिज मिति भने तोकिएको छैन् ।

प्रतिक्रिया

19 + three =

Loading...