सुगम ठाउँको दुर्गम पीडा, खेती कम पलिटङ धेरै

0

उत्तम पोखरेल
कोशी अनलाइन
वैशाख १९, मोरङ, जिल्लाको सुख्खाग्रस्त क्षेत्रका स्थानीयहरुको खानेपानी समस्यालाई दीर्घकालीन रुपमा समाधानका लागि पहाडी जिल्लाहरुमा लिफीङ प्रविधि सुरु गरिएको छ भने तराईका जिल्लाहरुमा आकाशे पानीको भरमा खेती हुने गरेको छ ।

तेह्रथुम जिल्लाका विभिन्न क्षेत्रमा डिप बोरिङबाट पानी निकालिरहेका छन् भने तराईका जिल्लामा खेतीयोग्य जमिन घट्दासमेत सम्बन्धित निकायले ध्यान दिन सकेको छैन् । दैनिक खाद्यान्न उत्पादमा ह्रास आउदा समेत सम्बन्धित निकायको ध्यान जानसकेको छैन् ।

प्रदेश नम्बर १ का झापा–मोरङ–सुनसरी लगायतका जिल्लालाई अन्नको भण्डारका रुपमा लिने गरिएपनि अकाशे पानीइको भरमा खेतीहुने गरेकाले खाद्यान्नमा भारतको भर पर्नु परेको छ । मोरङका पहाडी भू–भागका क्षेत्रमा अहिलेपनि धान फल्ने खेत आकाशको पानीको भरमा छन् । टाडी, वाराङ्गि सिंहदेवीलगायत क्षेत्रका खेतमा धान फल्ने खेत सिचार्इंको अभावका कारण बाँझै बस्ने गरेका छन् ।

पलटिङका कारण मोरङमा ८२ हजार हेक्टर क्षेत्रफलमा खेती हुने गरेपनि अहिले घटेर ७० हजार हेक्टर क्षेत्रफलमा आइपुगेको छ । सन् २००३ मा ८२ हजार हेक्टर क्षेत्रफलमा खेती हुनेगरेको थियो भने २०१७ मा आइपुग्दा १३ हजार हेक्टरबाट घटेर ७० मा आइपुगेको छ । क्षेत्रिय कृषि निर्देशनालयका प्रमुख राजेन्द्र उप्रेतिका अनुसार प्रदेश नम्बर १ का सिराहा तथा सप्तरी जिल्ला बाहेका अन्य जिल्लामा ३ लाख ६६ हजारबाट घटेर अहिले ३ लाख १२ हजार हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ ।

राजमार्ग आसपास तथा चोक बजार छेउछाउका जग्गामा बालुवा थुपारिने गरेको छ भने पहाडी तथा भौगोलिक विकटता भएको क्षेत्रका जग्गामा आकाशे पानीको भरमा खेती हुने गरेको छ । बजार आसपासका क्षेत्रमा खेतीयोग्य जमिनमा बालुवा थुपार्ने गरिएको छ भने पहाडी क्षेत्र तथा भित्री भू–भागमा सिचार्इँतथा मलबिउको अभावमा गाईवस्तुको चरन मात्रै हुने गरेका छन् ।

राजमार्ग आसपासका ठूला परिणामका जग्गा खाली छैनन् । २ विघाभन्दा ठूला खालका पलट भेटिदैनन् । सेवा सुविधा नभएका क्षेत्रमा १० औं विघा जग्गा बाँझै रहने गरेका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW