fbpx

चलचित्र ‘हिरोज्’ को रिलिज मिति सार्वजनिक

काठमाण्डौँ, वैशाख १९ । चलचित्र ‘हिरोज्’ को रिलिज मिति सार्वजनिक हुने भएको छ । पूर्णीमा लामाले निर्माण गरेको यो चलचित्र अब बैशाख २८ मा रिलिज हुने भएको छ ।

गएको चैत २३ मा नै रिलिज मिति तोकिएको चलचित्र प्राविधिक कारण देखाउँदै अन्तिममा आएर रिलिज स्थगित भएको थियो । अब भने चलचित्र बैशाख २८ मा हलहरुमा लाग्ने भएको निर्मात्री पूर्णिमाले जानकारी दिएकी छिन् ।

चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।

जय लक्ष्मी फिल्मसको ब्यानरमा बनेको चलचित्र एनवी महर्जनले निर्देशन गरेका हुन् । लक्ष्मी लामाको प्रस्तुतीमा बनेको चलचित्रका निर्माताको रुपमा शेखर लामा, युवराज लामा र संजोग राणा रहेका छन् ।

चलचित्रमा कमल राई, कविराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ भने छायांकन शिव ढकाल र रामशरण उप्रेतीले गरेका हुन् ।

चलचित्र ‘हिरोज्’ कै रिलिज मितिमा गोपालचन्द्र लामिछाने निर्देशित ‘लम्फू’ पनि रिलिज हुँदैछ ।

प्रतिक्रिया

17 − fifteen =

Loading...