fbpx

गुरुङ समुदायमा आधारित चलचित्र ‘मेदों’ निर्माण हुने

काठमाण्डौँ, वैशाख १९ । ‘मेदों’ नामको चलचित्र निर्माण हुने भएको छ । गुरुङ समुदायमा आधारित रहेर यो चलचित्र निर्माण हुने भएको हो ।

यही बैशाख २१ गते लमजुङ बेशीसहरमा चलचित्रको मुहुर्त हुने र २६ गते देखि चलचित्र फ्लोरमा जाने निर्माण पक्षले केही दिन अघि बेशिसहरमा पत्रकार भेटघाटको आयोजना गरी जानकारी दिएको छ ।

चलचित्रको क्व्होलासोंथर गाउँपालिका–१ रापासिङ गाउँ, बेंसीसहर र बेंसीसहर नगरपालिका–५ को नाल्मा र आसपासका क्षेत्रमा छायांकन गरिने जनाईएको छ ।

चलचित्र मेदों फिल्मस् प्रालिबाट निर्माण हुन लागेको हो । चलचित्रको लेखन शंकर गुरुङ ‘बतासे’ ले गरेका हुन् । गुरुङ समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक पक्षलाई चलचित्रमा उचारिने पत्रकार भेटघाटमा जानककारी गराईयो ।

प्रतिक्रिया

20 + eight =

Loading...