fbpx

भावना आचार्यको पहिलाे लाेकपप गीत सार्वजनिक

काठमाण्डौँ, वैशाख १८ । गायिका भावना आचार्यले पहिलोपटक लोकपप गीत सार्वजनिक गरेकी छिन् । लोक दोहोरीबाट गायन यात्रा आरम्भ गरेकी आचार्यले ‘बग्ने खोला बगी गो’ बोलको लोकपप गीत सार्वजनिक गरेकी हुन् ।

उनलाई गायनमा चर्चित गायक रामचन्द्र काफ्लेले साथ दिएका छन् । गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ ।

यस गीतको भिडियोमा चर्चित अभिनेत्री शिल्पा पोखरेल र मोडल तथा अभिनेता दीपक ढकाललाई फिचरिङ गरिएको छ ।

भिडियोलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् भने उत्सब दाहालले खिचेका हुन् । भिडियोलाई साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

eighteen − thirteen =

Loading...