fbpx

अनमोल केसी जस्तै देखिने अभिषेकको श्रृष्टिसँग रोमान्स

काठमाण्डौँ, वैशाख १६ । केही समय अघि सामाजिक सञ्जालहरुमा अनमोल केसी जस्तै देखिने भनेर भाइरल भएका अभिषेक श्रेष्ठ अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

डान्समा निकै पोख्त रहेका अभिषेकले मोडलिङ गरेको ‘लाग्छ तिमी यही छ्यौ’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा अभिषेक र मोडल श्रृष्टी खड्कालाई फिचरिङ गरिएको छ । गीतको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोलाई विकास दाहालले सम्पादन र उत्सव दाहालले छायांकन गरेका हुन् ।

गीतमा दाउत राइ(विकेन्द्र)’को स्वर रहेको छ भने झरना क्षेत्रीको शब्द, र विकेन्द्रकै संगीत रहेको छ ।

प्रतिक्रिया

3 × five =

Loading...