fbpx

फेसबुकको विवादले ह्वाट्स एपका सहसंस्थापक राजिनामा दिँदै

एजेन्सी । प्रयोगकर्ता माझ लोकप्रिय रहेको म्यासेजिङ एप ह्वाट्स एपका सहसंस्थापक जान कोउमले कार्यकारी प्रमुख पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

उनले राजिनामाको आधिकारिक घोषणा फेसबुकबाट गरेका छन् । फेसबुकमा लेखेको स्टाटसमा उनले लेखेका छन्, ‘प्रविधिभन्दा बाहिर आफ्नो रुचिका काममा संलग्न हुन केही खाली समय चाहिएको’ ।

तर ह्वाट्सएपको व्यक्तिगत डाटा प्रयोग गर्ने फेसबुकको प्रयासमा उनले आपत्ति जनाएका थिए । र सोही विवादका कारणले गर्दा राजिनामा दिन लागेको हुन सक्ने बताईएको छ । वासिंटन पोष्टमा पनि ह्वाट्सएपको रणनीतिका सम्वन्धमा यसको प्यारेन्ट कम्पनी फेसबुकसँग कोउमको टकराव बढेको समाचार हालै मात्र प्रकाशित भएको थियो ।

‘ब्रायन ९एक्टोन० र मैले ह्वाट्सएप सुरु गरेको एक दशक भइसक्यो । केही उत्कृष्ट मान्छेहरुसमेतको यो यात्रा एदकमै स्मरणीय रह्यो । तर, मेरो आफ्नै हिसाबले अगाडि बढ्ने समय आएको छ ।’, उनले आफ्नो वक्तव्यमा भनेका छन् ।

अहिलेको यो एपको टिम विगत भन्दा बलियो रहेको र यसले धेरै राम्रो नतिजा निकाल्ने जनाउँदै उनले आफु बाहिरै रहेर ह्वाट्सएपको सफलताको कामना गर्ने बताएका छन् ।

कोउमले स्टान्डफोर्डका विद्यार्थी ब्रायन एक्टोनसँग मिलेर सन् २००९ मा ह्वाट्सएप खोलेका थिए । फेसबुकले सन् २०१४ मा यसलाई १९ अर्ब डलरमा खरिद गरेको थियो ।

प्रतिक्रिया

Loading...