जहाँ केटीहरुले हिँड्दा चप्पल पड्काएर आवाज निकाल्न निषेध छ

एजेन्सी । दुँनियामा नियम पनि कस्ता हुन्छन् कस्ता । हरेक समाज र देशमा भिन्न भिन्न नियमहरु पाईन्छन् । भिन्न भिन्न नियम हुनु स्वभाविकै भए पनि कतिपय ठाउँमा भने त्यस्ता नियमहरु अनौठा हुन्छन् ।

इटालीको काप्री टापुमा एउटा अचम्मको नियम छ । तपाईलाई थाहा नै छ, साधारणतया हामीले हिँड्दा खुट्टाले जमिनमा चाप दिने भएकाले आवाज निस्किन्छ । त्यसमा पनि चप्पल लगाएर हिँड्दा प्याट प्याट आवाज आउँछ । तर त्यो टापुमा भने यसरी चप्पलको आवाज निकालेर हिँड्यो भने कारबाही हुन्छ ।

यहाँको नियममा केटीहरुले चप्पल लगाएर हिँड्दा चप्पलबाट आवाज निकाल्न पाईँदैन् । चप्पल पड्काएर आवाज निकालेमा त्यहाँ अपराधा मान्ने गरिन्छ ।

प्रतिक्रिया

Loading...