visit-nepal

मृत्यु भईसकेकी महिला अझैँ पतिलाई बर्थडे शुभकामना पठाउँदै

एजेन्सी । काँही मरेकी महिललो आफ्नो पतिलाई प्रेमपति पठाएको कुरा सत्य होला त ? भन्ने भाव हाम्रो मनमा पक्कै उब्जिन्छ । स्वभाविकै हो, मरेको मान्छेले यस्ता गतिबिधि कसरी गर्न सकोस र ? अनि हामीले पनि कसरी विश्वास गर्ने ? तर सन् २०१६ मा मृत्यु भैसकेकी एक महिलाले आफ्नो पतिलाई उनको जन्मदिनमा प्र्रयेक वर्ष बर्थडे कार्ड पठाइरहेकी छिन् ।

हलिउड लभस्टोरी पिएस आइ लभ यू बाट प्रभावित बेलायतको मिरफिल्ड सहरमा बस्ने डाक्टर केट गार्नरले जब आफुलाई क्यान्सर रोग लागेको र जुनसुकै बेला पनि आफ्नो मृत्यु हुनसक्ने कुराको पत्तो पाईन् तब उनले चलचित्रकी नायिका जस्तै आफ्नो श्रीमानका लागि केही विशेष उपहार दिने सोच बनाइन् । त्यसपछि उनले पतिका लागि बर्थडे कार्ड छपाउने निधो गरिन् । र त्यो छपाईन् । सोही कारणले गर्दा अहिले उनका पतिले हरेक बर्ष मरेकी पत्नीको तर्फबाट बर्थडे शुभकामना कार्ड पाईरहेका छन् ।

क्यान्सरबाट आफ्नो मृत्यु हुने निश्चित भएपछि उनले आफ्नो पति क्रिसका लागि सन् २०४२ सम्म अर्थात ६५ औँ जन्मदिन सम्मको लागि आफ्नै हातले बर्थडे शुभकामना कार्ड लेखिन् ।

त्यसपछि ती कार्डहरुलाई उनले एउटा बाकसमा राखिन । जसको नाम मेमोरी बाकस राखिन् । त्यो बाकस मृत्यु हुनु अघि उनले पतिलाई हस्तान्तरण गरिन् । र एउटा बाचा गर्न लगाईन् । त्यो बाकसले उनले पत्नीको मृत्यु नहुञ्जेल सम्म नखोल्ने र मृत्युपछि हरेक जन्मदिनमा उनले उनको वर्ष उल्लेख गरिए अनुसारका खाम बाहिर निकाल्नेछन् । अन्ततः पत्नीको मृत्यु भयो । यो बाचा पतीले पनि पूरा गरे ।

पत्नीको निधन भएपछि पहिलो जन्मदिनमा उनले त्यो बाकस खोलेर पहिलो खाम बाहिर निकाल्दा उनमा निकै कौतुहलता जाग्यो । जब उनले खाम भित्र रहेको कार्ड बाहिर निकाले । अनि हेर्दा उनी भाव विह्वल भए । मृत्यु भएकी पत्नीले उनलाई वर्थ डे कार्ड लेखेकी रहिछिन् ।

यसैगरी उनले अब नियमित रुपमा आफ्नो ६५ औँ बर्थडेसम्म मृतक पत्नीको बर्थडे शुभकामना पाईरहनेछन् ।

प्रतिक्रिया

Loading...