fbpx

अमेजनले दोब्बरले नाफा कमायो

एजेन्सी । अमेरिकी इ कमर्श तथा क्लाउड कम्प्युटिङ कम्पनी अमेजनले दोब्बरले नाफा कमाएको छ । उसले सन् २०१८ को पहिलो तीन महिनामा अघिल्लो बर्षको सोही अवधिको भन्दा दोब्बरले नाफा कमाएको हो ।

पछिल्लो तीन महिनामा उसले १ अर्ब ६० करोड डलर नाफा कमाएको छ । तर विश्लेषकहरुले यस त्रैमासिकमा अमेजनको मुनाफा गत वर्षको तुलनामा गिरावट आउने प्रक्षेपण गरेका थिए ।

दुई दिनमा नै सामान डेलीभरी गर्ने यसको सशुल्क सेवाको रुपमा रहेको अमेजन प्राइमको सब्सक्रिप्सन शुल्क प्रतिवर्ष ९९ रहेकोमा अर्को मे महिनादेखि १ सय १९ हुन लागेको जनाईएको छ । जसको मूल्य अझैँ बृद्धि हुने अनुमान गरिएको छ ।

यो रिपोर्ट सार्वजनिक भएसँगै गत विहिबार कम्पनीको शेयर मूल्यमा ७ प्रतिशतले वृद्धि हुन पुगेको छ ।

प्रतिक्रिया

Loading...