Rumpum

Rumpum Advertisement

याे हो रगत नभइ जुस पिउने संसारकै सबैभन्दा ठूलो लामखुट्टे

याे हो रगत नभइ जुस पिउने संसारकै सबैभन्दा ठूलो लामखुट्टे

एजेन्सी । लामखुट्टे भन्नासाथ मान्छेले सोच्ने गर्छन् कि, त्यसले रगत चुस्छ । सोच्नु पनि स्वभाविकै हो । किनभने हामीले देखेको अनि थाहा पाएको भनेको पनि त्यही हो । र यसले रोहरु फैलाउँछ भन्ने पनि हामीलाई थाहा छ । तर संसारको सबैभन्दा ठूलो लामखुट्टेको सवालमा भने यो साचाई गलत सावित हुन्छ ।

चीनको सिचुआन प्रान्तको राजधानी चेंग्दूमा हालै एक ठूलो लामखुट्टे पाइएको छ । होलोरुसिआ मिकाडो नामक प्रजातिको उक्त लामखुट्टेको पखेटा ११ दशमलब १५ सेन्टिमिटर अर्थात करीब साढे ४ इन्च सम्म फैलिएको छ । तर प्रायजसोे यो प्रजातिको लामखुट्टेको पखेटा ८ सेन्टिमिटरसम्म फैलिएको हुन्छ ।

हालै भेटाईएको त्यो लामखुट्टको आकार निकै ठूलो छ । देख्दै डर लोग्दो । त्यसलाई देख्यो भने हाम्रो साचाई नै रहला कि, यसले गत चुस्न पायो भने एकैचोटी रगत सखाप पारिदेला । तर यो शाकाहारी लामखुट्टे हो । यसले रगत चुस्दैन् । फूलको रस पिएर आफ्नो पेट भर्ने गर्छ ।

समाचारमा उल्लेख भए अनुसार यो लामखुट्टेको आयू केही दिनमात्र हुन्छ । ठूलो शरीर भएकै कारण यसलाई उड्न अप्ठेरो हुने भएकाले धेरै उड्न सक्दैन ।

विश्वमा एक हजार भन्दा धेरै शाकाहारी प्रजातिका लामखुट्टे रहेकोमा मानिस तथा जनावरको रगत पिउने लामखुट्टेको संख्या केवल १ सय जत्ति मात्र भएको विज्ञहरुले बताउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ