अभिलेखको खोजीमा ताकेता गर्दै शिक्षा विभाग

0

वैशाख १५, काठमाडौं, काठमाडौं महानगरपालिका, शिक्षा विभागले ‘शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय’ काठमाडौँलाई विध्यालय व्यवस्थापनसम्बन्धि अभिलेख हस्तान्तरण गर्न आग्रह गरेको छ । विभागका प्रमुख प्रल्हाद अर्यालले एकाइ कार्यालयलाई पत्र पठाउँदै काममा सहज बनाइदिनका लागि विध्यालयका व्यवस्थापनसम्बन्धि सबै अभिलेख हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

उनले जिल्लाको माध्यमिकसम्मको शिक्षाको काम संविधानअनुसार स्थानीय तहमा गर्ने भएकाले अहिलेसम्म कुनै अभिलेख नआउँदा काम गर्न समस्या परेको बताए । उनले पटक-पटक तत्कालीन जिल्ला शिक्षा कार्यालयसँग अनुरोध गर्दा पनि हस्तान्तरण नगरेकाले पुनः एकाइ कार्यालयमा रुपान्तरण भएको कार्यालयलाई हस्तान्तरण गर्नका लागि पत्र लेखिएको जानकारी दिए । ‘ हामीलाई संविधानले माध्यमिक तहसम्मको काम गर्ने अधिकार दिएको छ ‘, उनले भने, ‘ तर, अभिलेख नहुँदा काममा समस्या परेको छ ।

तत्कालीन जिल्ला शिक्षा अधिकारीले हस्तान्तरण नगरेको हुनाले पुनः पत्राचार गरेका हौँ । ‘ यस्तै, उपसचिव अर्यालले महानगरमा भवन अभाव भएकाले एकाइ कार्यालयमा नै कार्यालय स्थापना गर्नका लागि कोठासहित आवश्यक फर्निचर उपलब्ध गराउन आग्रह गरेका छन् । अभिलेख अन्यत्र लैजानुभन्दा त्यही भवनमा राख्दा सजिलो हुने भएकाले एक फ्ल्याटसहित फर्निचर एक हप्ताभित्र उपलब्ध गराउन आग्रह गरिएको अर्यालले जानकारी दिए । (रासस)

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW