visit-nepal

एक शिक्षक, जो ट्यूसन पढाएरै बने खर्बपति

एजेन्सी । तपाईले पत्याउनु पर्ने भएको छ । एक शिक्षक ट्यूसन पढाएरै खर्बपति बनेका छन् । चीनका ३६ वर्षीय लियु याचो ट्युसन पढाएरै खर्बपति बनेका छन् । अहिले उनी १ खर्ब रुपैयाँ बराबरको सम्पत्तिका मालिक भएका छन् ।

उनले केही वर्षयता राजधानी बेइजिंगमा विद्यार्थीहरुलाई गणित विषयको ट्युसन पढाउँदै आएका छन् । टिएएल एजुकेसन ग्रुप नामक शिक्षण कम्पनीमा पढाउने गरेका उनी उक्त कम्पनीका सिओओ समेत हुन् । उनी यो वर्ष डलर अर्बपति अर्थात् नेपाली खर्ब रुपैयाँ भन्दा धेरैका मालिक भएका छन् ।

समाचारमा उल्लेख भए अनुसार गत वर्ष कम्पनीको शेयर मूल्य झण्डै दोब्बरले बढेपछि एकाएक अर्बपति बनेका हुन् । त्यो कम्पनीमा उनको ४.७ प्रतिशत शेयर स्वामित्व रहेको जनाईएको छ ।

उनी चीनमा सबैभन्दा धेरै कमाउने शिक्षकहरुमा पहिलो नम्बरमा रहेको समाचारमा उल्लेख छ ।

चीनमा बच्चाबच्चीको शिक्षामा उनीहरुका बुवाआमाले औषतमा ४२ हजार ८९२ डलर सम्म खर्च गर्ने गरेको र र त्यसको ९३ प्रतिशत प्राइभेट ट्युसनमा खर्च हुने गरेको बताईन्छ ।

प्रतिक्रिया

Loading...