fbpx

ओपो एफ–सेभेन नेपाली बजारमा सार्वजनिक

काठमाण्डौँ, बैशाख १२ । ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफ–७ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाण्डौँको हायात होटलमा एक कार्यक्रमको आयोजना गरी फोन सार्वजनिक गरिएको हो ।

उक्त फोन नायिका मलिना जोशी र अदिती बुढाथोकीले सार्वजनिक गरेसँगै देशभर बिक्री समेत सुरु भएको छ ।

आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको यो फोन नेपाली बजारमा पनि पुगेको छ ।

यसको न्युनतम् मूल्य ३६ हजार ५ सय ९० र अधितम मूल्य ४६ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ । ४ जिबीको ¥याम भएको एफ सेवेन साढे ३६ हजार पर्नेछ भने ६ जिबीको ¥याम भएको फोनको मूल्य साढे ४६ हजार पर्नेछ ।

प्रतिक्रिया

Loading...