fbpx

युट्युब लाई १३ बर्ष भयो, यो हो युट्युबमा अपलोड गरिएको पहिलो भिडियो

एजेन्सी । भिडियो स्ट्रिमिंग साइट युट्युबलाई १३ बर्ष पुगेको छ । सन् २००५ को अप्रिल २३ मा युट्युब सुरु भएको हो ।

यो अहिले सबैभन्दा धेरै प्रयोग हुने भिडियो स्ट्रिमिंग इन्टरनेट प्लेटफर्म बनेको छ । यो सुरु भएकै दिन युट्युबमा पहिलो भिडियो अपलोड गरिएको थियो । युट्युबमा अपलोड गरिएको पहिलो भिडियोको शीर्षक Me at the Zoo राखिएको थियो ।

उक्त भिडियो २३ अप्रिल २००५ मा युट्युबमा संस्थापक जाभेद करीमले अपलोड गरेका थिए । भिडियो १८ सेकेण्डको मात्रै थियो । उनका साथी याकोभ लापित्स्कीले उक्त भिडियो खिचेका थिए ।

सो भिडियो अहिलेसम्म ४ करोड भन्दा धेरै पटक हेरिसकिएको छ । चेड हर्ले, स्टिभ चेन र जाभेद करीमले यो साईटको सुरुवात गरेका थिए । पछि सन् २००६ को नोभेम्बरमा गुगलले १ अर्ब ६५ करोड डलरमा खरीद गरेको थियो ।

यो हो पहिलो भिडियो

प्रतिक्रिया

Loading...