fbpx

अब गुुगलले ल्याउँदैछ ह्वाट्स एप र आर्इ म्यासेजलाई टक्कर दिने च्याट एप

एजेन्सी । गुगलले अब मेसेजिङ टेक्स्टको क्षेत्रमा नयाँ एप सार्वजनिक गर्ने भएको छ । तर उसले लामो समयदेखि यस विषयमा काम गरिरहेको छ ।

गुगलले सन् २०१३ मा Talk App लाई बन्द गरी Hangouts सुरु गरेको थियो । त्यसपछि गुगलले Hangouts ल्यायो । तर अब गुगलले अब Allo पनि बन्द गर्दैछ । अहिले गुगलले Chat नाम दिएर नयाँ मेसेजिङ एपमा काम गरिरहेको छ ।

भविश्यमा आउन लागेको त्यो एपको सबैभन्दा महत्वपूर्ण विशेषता प्रयोगकर्ताले यो एपको सहायताले कुुनै अन्य एपका प्रयोगकर्तालाई पनि मेसेज पठाउन सक्नेछन् ।

गुगलले यो एपको काम अन्तिम चरणमा पु¥याएको रिपोर्टमा उल्लेख छ । एपलाई लञ्च गर्नको लागि भारतीय टेलिकम कम्पनीहरु जियो, एयरटेल तथा भोडाफोनसँग कुराकानी गरिरहेको जनाईएको छ ।

यो एपले फेसबुक स्वामित्वको ह्वाट्सएप तथा एप्पलको आइ मेसेज सर्भिसलाई कडा टक्कर दिने सम्भावना रहेको छ ।

प्रतिक्रिया

Loading...