visit-nepal

यी व्यक्ति जसले तीन पटक आफ्नो अनुहार बदले

एजेन्सी । कुनै पनि मान्छेले आफ्नो अनुहार बदल्छ भन्दा तपाईलाई पत्याउनै मुस्किल पर्ला । फेरी तीन पटक बदलेको भन्दा विश्वास लाग्ने सम्भावना कमै हुन्छ । तर यो सत्य हो कि, फ्रान्सका एकजनाले आफनो अनुहार तीन पटक बदलेका छन् ।

ती व्यक्तिको नाम हो, जेरोम हेमन । उनले आफ्नो अनुहार दुईपटक प्रत्यारोपण गरिसकेका छन् । जसका कारण उनको अनुहार तीन पटक फेरबदल भएको छ ।

तीन महिनासम्म उनी पेरिस अस्पतालमा बसे । र आफ्नो अनुहार बदले । तर यस्तो किन त ?

डाक्टरहरुका अनुसार उनी न्युरोफाइब्रोमेटोसिस टाइप वान नामक रोगबाट ग्रसित छन् । जसका कारणले गर्दा ट्युमर हुन्छ ।

उनको पहिलो प्रत्यारोपण सन् २०१० भएको थियो । प्रत्यारोपण सफल भयो । तर ज्वरो आउँदा उनलाई दिइएको एन्टिबायोटिकका कारण नकारात्मक असर पर्न गयो ।

सन् २०१६ बाट उनको कुरुप अहुन थाल्यो । र उनी डरलाग्दो अवस्थामा पुगे । परेला र कानको छाला नै झर्यो । बोल्न र खान सकेनन्। जसका कारण यहीँ वर्ष उनको पुनः सर्जरी गर्नुपरेको हो ।

प्रतिक्रिया

Loading...