fbpx

बैशाख ११ गते नेपालमा ओपोको एफ सेभेन सार्वजनिक गरिने

काठमाण्डौँ, बैशाख ६ । ओपोले नेपाली बजारमा आफ्नो नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफसेवेन सार्वजनिक गर्ने भएको छ ।

काठमाण्डौँमा एक बृहत कार्यक्रम आयोजना गरेर यो स्मार्टफोन बैशाख ११ गते सार्वजनिक गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा चर्चित कलाकारहरु अदिती बुढाथोकी र मलिना जोशी रहने जनाईएको छ ।

कार्यक्रममा ‘यू एण्ड आई’ क्याम्पेनमार्फत दूई भाग्यशाली विजेताले उनीहरुसँग प्रत्यक्ष सहभागी भई सेल्फी खिच्ने अवसर पाउने छन् ।

यो स्मार्ट फोन आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको रहेको कम्पनीले जानकारी दिएको छ ।

के–के छन् फिचर्स ?
–ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध छ ।

–फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधिसहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ ।

–यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्सपनि उपलब्ध छ ।

–नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने छ ।

–उद्योगकै अग्रणी २५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल–टाइम एचडीआर प्रविधि उपलब्ध छ ।

–फोनमा उद्योगकै पहिलो सेन्सर एचडीआर फिचर ईनब्यूल्ट रुपमै समाहित गरिएको छ ।

–उत्कृष्ट सेल्फी सहज रुपमा लिन सघाउने उक्त प्रविधि ओपो एफसेवेनमा डिफल्ट फिचरका रुपमा समाहित गरिएको छ ।

–प्रकाश समायोजन गरी तीब्र गतिमा तस्विर परिमार्जनमा सघाएर उत्कृष्ट तस्विर पोष्ट गर्न सघाउँछ । यो फिचर तस्विरका साथै भिडियोका लागि पनि प्रयोग गर्न सकिन्छ ।

–फोनमा कम्पनीले एआई एल्बमको ब्यवस्था गरेको छ । यसले प्रयोगकर्ताको अनुहार, स्थान तथा दृष्यका आधारमा तस्विरलाई वर्गिकृत गरी खोजी कार्य तथा एडिटिङ कार्यमा सहजता प्रदान गर्छ । एआई एल्बममा रहेको अर्को रोचक फिचरले नयाँ मोमेन्ट्स फिचर मार्फत पूराना तस्विरहरुको खोजी कार्यमा तिब्रता ल्याउन सघाउ पुर्याउँछ ।

–फोनमा स्प्लिट स्क्रिन फिचरका रुपमा उपलब्ध गरिएको एआई बोर्ड फिचरमा प्रयोगकर्तालाई आफ्ना मनपर्ने एप्सहरु राख्न सक्छन् । यो फिचरले स्वचालित रुपमा महत्वपूर्ण मिटिङ् तथा तालिका, भ्रमण, चलचित्र टिकट तथा ई–कमर्स अर्डरको अवस्थालाई ईमेल तथा सन्देश मार्फत क्रमबद्ध गर्न सभाव पुर्याउँछ ।

–यसले ६४ बिट ४ जीबी ओक्टा–कोर प्रोशेसर (१ सय २८ जीबी भर्जनका लागि ६ जीबी)लाई बुद्धिमानी पूर्वक छुट्याएर फोनको कार्य प्रणाली सही राख्ने कार्यमा सघाउँछ ।

प्रतिक्रिया

Loading...