फेसबुकबाट वीर्य दान गरेर २२ सन्तानका पिता बनेपछि..

एजेन्सी । एक व्यक्तिलाई सुन्दै अचम्म लाग्ने आरोप लागेको छ । उनलाई फेसबुकबाटै वीर्य दान गरेर २२ सन्तानका पिता बनेको आरोप लागेको छ । अमेरिकाको ग्लास्गोमा बस्ने ३९ वर्षे एन्थोनी फ्लेचर )परिवर्तित नाम)ले गैर कानूनी रुपमा फेसबुकमा आफ्नो वीर्यको विज्ञापन गरेर २२ सन्तानका पिता बनेको आरोप लागेको हो ।

उनले आफुमाथी लागेको आरोप पनि स्विकारेका समाचारमा जनाईएको छ । उनले बच्चाको आवश्यकता भएका महिलालाई आफ्नो घर नजिकै बोलाएर वीर्य दिने गरेको स्विकार गरेका छन् ।तर यसवाफत पैसा भने नलिएको उनले बताएका छन् ।

फ्लेचरले करिब ५० महिलालाई वीर्य दान गरेको ‘द सन्’ मा प्रकाशित खबरमा उल्लेख छ । यसरी वीर्य लिन यूकेबाट समेत महिलाहरु आउने गरेको बताईएको छ ।

फ्लेचरले फेसबुकमा लेखका छन्, ‘म एक सक्रिय र अनुभवी ‘स्पर्म डोनर’ हुँ । ग्लास्कोदेखि केही मिल टाढा बस्छु । अहिले पनि म महिलालाई गर्भवती बनाउन सहयोग गर्नसक्छु । एकल महिला, समलिङ्गी जोडीलाई वीर्य दान गर्न पाएँ भने मलाई खुसी लाग्नेछ । ’, ‘मलाई तपाईंको ठेगाना बताउनुहोस्, आफ्नो उमेर, रिलेशनशिप स्टेटस, दान गर्ने प्रक्रिया, जे तपाईं चाहनुहुन्छ त्यसबारे जानकारी दिनुहोस् । म वीर्य दान गर्दा पैसा लिन्नँ ।’

प्रतिक्रिया

Loading...