Rumpum

Rumpum Advertisement

पुलिसले जाडो मौसमलाई गिरफ्तार गरेपछि…

पुलिसले जाडो मौसमलाई गिरफ्तार गरेपछि…

एजेन्सी । तपाईले पुलिसले अपराधीलाई समातेको खबर त प्राय हरेक दिन सुनिरहनु भएकै होला । पुलिसले अपराधी समाप्तु स्वभाविकै पनि हो । तर त्यही पुलिसले कहिले जाडो मौसमलाई गिरफ्तार गरेको सुन्नु भएको छ ? पक्कै पनि छैन् होला । अमेरिकाको न्युयोर्क पुलिसले चाहिँ जाडो मौसमलाई नै गिरफ्तार गरेको खबर छ ।

धेरै लामो समयसम्म जाडो मौसम लम्बिएपछि वाक्क दिक्क भएको योर्क पुलिस विभागले विन्टर अर्थात् शिशिर ऋतुलाई नै गिरप्तार गरेको हो ।

आफ्नो फेसबुक पेजमार्फत डिप्यू पुलिस विभागले शुक्रबार जाडोयामलाई पक्राउ गरेको जनाएको थियो । यति मात्रै नभएर आगामि दिनमा हिउँ परेमा चिसो मौसमलाई अदालतमा पेश गरिने समेत उल्लेख छ । वास्तवमा त्यो कुरा उल्लेख गरिएको फेसबुक पेज हँसिमजाकका लागि थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ