Rumpum

Rumpum Advertisement

यौनरोग नभएका महिलालाई मात्र सवारीचालक अनुमतिपत्र

यौनरोग नभएका महिलालाई मात्र सवारीचालक अनुमतिपत्र

एजेन्सी । नियम पनि कस्ता कस्ता ? शिर्षक हेर्दैमा अचम्म मान्नु भयो होला । मान्नु पनि स्वभाविकै हो । महिलाले एउटा देशमा सवारी चालक अनुमतिपत्र लिनका लागि यौन रोग नलागेको हुनु पथ्र्यो । युरोपेली देश लिथुआनियाका महिलाले ड्राइभिंग लाइसेन्स लिनका लागि गाइनेकोलोजिस्ट अर्थात् स्त्री तथा यौन रोगको डाक्टरसँग चेकअप गराउनु पर्दथ्यो ।

स्त्री रोग डाक्टरले चेकअप गरेर निरोगिताको प्रमाणपत्र नदिएसम्म महिलाले चालक अनुमतिपत्र पाउँदैन थिए । लिखित परीक्षा, ड्राइभिंग एबिलिटी टेस्टसँगै गाइनेकोलोजी टेस्ट गर्नुपर्ने कानुन केही समय पहिला त्यहाँ थियो । तर अचम्म लाग्दो कुरा के भने, महिलाले यौन रोग नलागेको हुनु पर्ने तर पुरुषका लागि यो नियम बाध्यकारी थिएन् ।

त्यसपछि त्यहाँ यो नियमबारे निकै बहस र विवाद भयो । यसमा डाक्टरहरुको एउटा तर्क के थियो भने महिलाहरुमा कतिपय यौनरोगहरुले लक्षण नै नदेखाइकन संक्रमण गरिरहेका हुन्छन् । सवारी चलाइरहेको समयमा त्यस्तो यौनरोगका कारण महिलाहरु एक्कासी बेहोस हुनसक्ने जोखिम हुने भएकले यो चेकअप गर्नुपर्छ । तर यो तर्कसँग कोही पनि सहमत नभएपछि यो विभेदकारी कानूनलाई सरकारले हटाउनै पर्ने बाध्यता भयो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ