ढकमक्क ढाकाको व्यापार 

0

कोशी अनलाइन
वैशाख ३, मोरङ, मोरङको उर्लाबारी-४ की नीरु चौहानले नीरु घरेलु ढाका उध्योग सन्चालनमा ल्याएपछि उनीजस्ता थुप्रै उध्यमशील महिलाहरूले काम मात्र पाएका छैनन्, ढाका कपडा, जहाँ जुन भूगोलमा बुनेपनि गुणस्तरीय भए बजारको अभाव नहुने पनि प्रष्ट भएको छ ।

गत मङ्सिरमा उध्योग दर्ता गरेकी चौहानले हाल पाँचवटा तानबाट ढाका उत्पादन गरिरहेकी छन् । पाँचवटा तानमा दैनिक पाँचजना उध्यमशील महिलाले काम गरिरहेका छन् । त्यसैगरी, निरुले आफ्नै उत्पादनबाट तयार भएका सिलाईका सामग्रीको बिक्री कक्ष सन्चालनमा ल्याएका छन् । बिक्री कक्षमा साडी,चौबन्दी चोलो,रुमाल,कुर्ता-सलवार,झोला र थैली राखिएको छ । धनकुटा बुधबारेकी २४ वर्षीया रेखा लिम्बू स्नातक तेस्रो वर्षको परीक्षा दिइसकेपछि अहिले ढाकाको तानमा आफ्नो भविष्य खोज्दैछिन् ।

उनी भन्छिन्, ‘ पढ्ने सबैले जागिर पाउँदैनन्, सर्टिफिकेट सिरानीमुनि थन्किएको छ । ‘ पाएको जागिरबाट सबैलाई सन्तुष्टि काहाँ मिल्छ र ? रेखाको जीवनमा पनि जागिर नपाएको तीतो अनुभव छ । त्यसैले उनी आफ्नो सीपलाई पैसामा बेच्न बाध्य छिन् । हुन त नेपाली बजारमा तेह्रथुमे ढाका कपडाको एकछत्र राज छ । जहाँ जुन भूगोलमा बुनेपनि त्यस उत्पादनको नाम तेह्रथुमे ढाका नभने बिक्री नहुने समस्या अझै पनि छ । चार लाख लगानीबाट आफूले सुरु गरेको उध्योगबाट हाल मासिक एक लाखको कारोबार भइरहेको सन्चालिका निरु चौहानले बताइन् ।

२०५५ सालमा झापा हस्तकला प्रशिक्षण केन्द्रबाट सीप सिकेकी निरु अहिले उत्साहित छिन् । उध्योग दर्ता गरेर काम थालेको ६ महिनासम्म ठूलै संघर्ष गर्नुपर्यो । कसैले नक्कली भनेर निरुत्साहित गरे ,कसैले आधुनिक जमानामा ढाकाका कपडा कसले किन्छ भनेर खिल्ली उडाए । तर, आफूसँग भएको सीपप्रति उनी पुरै विश्वस्त थिइन् । नेपाली धागो उध्योगले उत्पादन गरेको सुती धागो प्रयोग गरेर उनी ढाकाको तान लगाउँछिन् र नेपाली उत्पादनकै धागोले कपडा बुन्छिन् । हाल चौहानले उत्पादन गरेको ढाकाको माग उच्च छ ।

उनी भन्छिन्, ‘ खासगरी साडी र सटका कपडा युरोप अमेरिकासम्म जान थालेका छन् । साडीको माग थेग्न सकेको छैन । ‘ विभिन्न गैरसरकारी संस्थाले उर्लाबारी क्षेत्रमा पनि बारम्बार ढाका बुन्ने तालिम सन्चालन गरेपनि दक्ष जनशक्ति उत्पादन नहुँदा उर्लाबारीकै उध्योगहरू धरासयी बनेका छन् । उनी भन्छिन्, ‘ ढाका कपडा टिकाउ मात्र हैन ,बिकाउ पनि हुने गरेकोले देशैभरबाट माग आउँछ तर, जनशक्ति छैन् ।’ नीरुसँगै सिप सिकेर स्वावलम्बी बन्दै गएकी देवका बास्कोटा स्वदेशी उत्पादन र पहिचानप्रति युवापुस्ताको ध्यान जान सके ढाकाको माग फस्टाउने बताउँछिन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...