पुर्ख्यौली पेसा संरक्षणबाट फाइदै–फाइदा

0

कोशी अनलाइन
वैशाख ३, मोरङ, काम कर्न नलजाउने हो भने स्वदेशमै पैसा टिप्न पाइन्छ । पैसो कमाउन विदेशै जानुपर्ने र जागिर नै खानुपर्छ भन्ने मान्यतालाई धेरैले तोडेका छन् । मोरङको कानेपोखरी–७ का ४७ वर्षीय रमेश विश्वकर्मा आरनको काम गरेरै मासिक ४५ हजार रुपियाँ बचत गर्दै आएका छन् ।

घरेलु उध्योगको उत्पादनप्रति प्रयोगकर्ताको आकर्षण बढेकाले आरन चलाएरै मासिक त्यति रकम जम्मा गर्न सफल भएको उनले सुनाए । अत्याधुनिक उध्योगबाट उत्पादित फलामका सामग्री बिकाउ हुने तर टिकाउ नहुने भएकोले घरेलु उध्योगको उत्पादनप्रति प्रयोगकर्ताको आकर्षण बढेको हो । सामान्य लेखापढी गर्न सक्ने विश्वकर्माले १८ वर्षको उमेरदेखि फलामका सामग्री उत्पादन गर्ने सीप सिकेको बताए । आफ्ना पिताजीसँगै सीप सिकेका रमेश खुकुरी, तरबार, दाउ, हँसिया, बन्चरो, बसिलालगायत थुप्रै फलामका औजार बनाउन सिपालु छन् ।

कमजोर आर्थिक अवस्थाबाट गुज्रिएका रमेशले १८ वर्षदेखि २६ वर्षको उमेरसम्म आरनको काम गरे । तर, आरनमा लगानी गर्ने प्रर्याप्त पूँजी नहुँदा कमाएको जति छोराहरूलाई पढाउने, स्वास्थ्य उपचार र घरखर्चमा नै सकिन थाल्यो । बीउ पूँजी नभएपछि पाखुरामा मस्त बल भरिएपछि २९ वर्षको उमेरमा खाडीतिर लागेका उनी १२ वर्षपछि स्वदेश फर्किएर घर-जग्गा जोडेर पम्परागत काममा फर्किएका हुन् । गाउँबाट आरनहरू सबै विस्थापित भइसकेको बेला रमेशले ६ वर्षअघि आरन राखे ।

आफन्त र छोराहरूले आरनको भविष्य छैन भनेर काम नगर्न सुझाए, तर रमेश सीप बेचेर अर्थोपार्जन गर्नेमा ढुक्क थिए । ६ वर्षयता रमेशले काम नपाएर एकदिन पनि टाउकोमा हात लगाउनु परेको छैन । भन्छन्,–‘ पैसा स्वदेशमै छ । तर,सानो काम भनेर मानिसले अपमानित गर्न खोज्छन् । ‘ दैनिक एक हजार सात सयदेखि दुई हजारसम्म कमाइ गर्न सकिने बताउँदै उनले भने ‘काठ र फलाममा पाँच-सात लाख रुपैयाँ लगानी गर्न सक्ने हो भने वार्षिक १५ लाख रुपैयाँ सजिलै कमाई हुन्छ । ‘

एउटै खुकुरी आठ हजार रुपैयाँ सम्ममा बिक्री गर्दै आएका रमेश आफ्नो काम र सीपलाई घरेलु उध्योगमा दर्ता गर्न चाहन्छन् । उनी घरेलु तथा साना उध्योग कार्यालय पनि पुगे । तर, घरेलुमा जाँदा सबै कागजात गाउँपालिका पठाएको र उतै दर्ता हुने जवाफ दिए । गाउँपालिका जाँदा दर्ता प्रक्रिया सुरु भएको छैन भने । विदेशमा १२ वर्ष कमाएको पैसा घरजग्गामा गयो । थोरै बीउ पूँजी बचाएर एक लाख ७५ हजार उनले आरन उध्योगमा लगानी गरे। उध्योग दर्ता गरेर उत्पादन बढाउने लक्ष्य लिएका विश्वकर्मा घरेलुमा उध्योग दर्ता नभएसम्म बैंकले नपत्याएको बताउँछन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW