मेस्सी एक्लैले विश्वकप जिताउन सक्दैनन्

0

कोशी अनलाइन
वैशाख ३, अर्जेन्टिना, अर्जेन्टिना फुटबल एसोसिएसनका अध्यक्ष क्लाउडियो तापियाले अर्जेन्टिनालाई मेस्सी एक्लैले मात्र उपाधि दिलाउन नसक्ने बताएका छन् । अर्जेन्टिनाका सुपरस्टार खेलाडी लियोनल मेस्सीले मात्र नभएर यसमा सबै खेलाडीको भूमिका उत्ति नै हुने उनको भनाइ छ ।


उनले मेस्सी अर्जेन्टिनासँग हुनु नै ठूलो कुरा भएको बताएका छन् । उनले भने ‘यसमा दुईमत छैन कि, उनी नम्बर एक खेलाडी हुन् । उनीसँग महत्वकांक्षा छ । उनलाई यो विश्वकप जित्नु आवश्यक छ ।’

साथै उनले एक सञ्चारमाध्यमसँग कुरा गर्दै यसपालीको विश्वकप अर्जेन्टिनाले जित्ने सम्भावना प्रवल रहेको बताएका छन् । त्यसका लागि अर्जेन्टिनी प्रशिक्षकले मेस्सीको हेरचाहमा विशेष ध्यान दिनुपर्ने र टिमका अन्य खेलाडीलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताएका छन् ।

३० वर्षीय मेस्सीले आफूलाई बलियो खेलाडीका रुपमा उभ्याएतापनि आफ्नो राष्ट्रका लागि भने विश्वकपको उपाधि दिलाउन सकेका छैनन् । मेस्सीसहितको टिम सन् २०१४ मा फाइनलमा जर्मनीसँग हारेको थियो ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW