पार्टी एकीकरणका लागि दुई नेताको दौडधुप

0

वैशाख ३, काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा सोमबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली छिमेकी मुलुक भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर, हालसम्म नबसेको पार्टी एकता संयोजन समितिको बैठक चाँडै डाक्ने विषयमा उनीहरुबीच छलफल भएको हो ।

दुई पार्टीको कार्यदलले यही वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन एकता गर्न दिएको सुझावलाई यसअघिको एकता संयोजन समितिको बैठकले सकारात्मक रुपमा लिएको थियो । (रासस)

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW