म बार्सिलोना छोड्ने पक्षमा छैन्– डेम्बेले

0

कोशी अनलाइन
वैशाख ३, बार्सिलोना, बार्सिलोनाका मिडफिल्डर उसामान डेम्बेलेले आफूले बार्सिलोना नछाड्ने बताएका छन् । २० वर्षीय डेम्बेलेले आफू बार्सिलोनामा खुशी भएको र बार्सिलोनाबाट नै धेरै उपाधि जित्न चाहेको बताएका हुन् ।


अप्रिल ४ को भ्यालेनिसयाविरुद्धको खेलमा महत्वपूर्ण बेन्चमा राखिएका बेलेलाई बार्सिलोनाले बोरुसिया डर्टमुन्डबाट १ सय मिलियन युरोमा अनुबन्ध गरेको हो । उनीसँग बार्सिलोनाले ५ वर्षको सम्झौता गरेको छ ।

उनले फ्रेन्च मिडिया टेलिफुटसँगको अन्तर्वातामा आफू छाड्नका लागि बार्सिलोना नआएको बताएका हुन् । टेलिफुटसँगको अन्तवार्तामा उनले भने, ‘मैले बार्सिलोनासँग ५ वर्षका लागि सम्झौता गरेको छु र म यहाँ अझ लामो समयसम्म बस्नेछु ।’

अन्तर्वाताको क्रममा डेम्बेलेले अहिले आफू आफ्नो उच्च लयमा नरहेको पनि स्वीकारेका छन् । उनले भने, ‘खासमा भन्ने हो भने अहिले मेरो लयको उच्च विन्दुमा छैन् । बिस्तारै–बिस्तारै म आफ्नो फर्ममा आउन कोसिस गरिरहेको छु,’ ।

साथै उनले आफू स्पेनको मैदानमा बानी हुन प्रयासरत रहेको समेत बताइएका छन् ।

डेम्बेलेलाई नेयमारको ठाउँ लिनेगरी भित्र्याइएको थियो । तर, बार्सिलोना आएपछि लामो समयसम्म उनी चोटग्रस्त रहे । करिब साढे तीन महिना चोटका कारण मैदान बाहिरै रहेका उनी त्यसपछि पनि बार्सिलोनाका खेलमा उति महत्वकासाथ खेल्न नपाएका खेलाडी हुन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...