नगरका खेल मैदान व्यवस्थित गरिने

0

कोशी अनलाइन
वैशाख ३, मोरङ, मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा रहेका खेल मैदानहरुको तथ्याङ्क संकलन गरी त्यसलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको नगर खेलकुद विकास समितिको बैठकले नगरका १० वटा वडा भित्रका खेल मैदानहरुको तथ्याङ्क संकलन गरी त्यसलाई व्यवस्थित गर्न योजना बनाउने निर्णय गरेको समिति संयोजक मणी लिम्बूले बताएका छन् ।

अन्य ठाउँ र अन्य देशको रंगशालाको समेत अवलोकन गरी नगरमा एउटा बहुउद्देश्यीय रंगशाला निर्माणको प्रस्ताव अघि बढाउने योजना रहेको उनले उल्लेख गरेका छन् । यसैगरी, बैठकले उपाध्यक्ष सन्तोष कटुवालको संयोजकत्वमा ५ सदस्यीय खेलकुद कार्यविधि मस्यौदा समिति निर्माण गरेको छ ।

समितिका सदस्यहरूमा मोहन गौतम, नवीनजङ्ग कार्की, राधिका चाम्लिङ र अभिषेक भट्टराई रहेका छन् । जसको सल्लाहकारमा नगर सूचना संयोजक भूपेन्द्र तिम्सिना र कानूनी सल्लाहकार दीपक रहेका छन् । बैठकले नगरमा खेलकुदको व्यवस्थापनका लागि छुट्टै समिति निर्माण गरेर खेलकुदको मर्म र महत्वलाई आत्मसात् गरेको भन्दै नगरपालिका कार्यालयलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...