श्रीदेवीलाई निधनपछि पनि नेशनल अवार्ड

0

कोशी अनलाइन
वैशाख ३, मोरङ, हृदयघातका कारण दुबईमा असामयिक निधन भएकी श्रीदेवीलाई नेशनल अवार्ड मिलेको छ । निधन भएको डेढ महिनापछि श्रीदेवीले ६५ औं नेशनल फिल्म अवार्ड जितेकी हुन् । उनलाई फिल्म ‘मोंम’का लागि सो अवार्ड दिइने भएको हो ।


श्रीदेवीले ‘मोंम’मा एक सौतेनी आमाको भूमिका निर्वाह गरेकी छन् । जसमा श्रीदेवीले आफ्नी सौतेनी छोरीको बलात्कारीसँग बदला लिन्छिन् । उनकी सौतेनी छोरीको भूमिकामा पाकिस्तानी नायिका सेजल अलि छन् ।

उनीसँगै उत्कृष्ट ब्याकराउन्ड म्युजिकमा एआर रहमानलाई दिइएको छ ।

करिअरमा झन्डै तीन सय फिल्ममा अभिनय गरेकी श्रीदेवीको यो नै पहिलो नेसनल अवार्ड हो ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW