राधिकाको हलिउड यात्रा सुरु

0

कोशी अनलाइन

वैशाख ३, मुम्बइ, ‘वाह ! लाइफ हो तो ऐसी’बाट सिनेनगरी छिरेकी नायिका राधिका आप्टेले हलिउडमा डेब्यु गर्ने भएकी छन् । फिल्ममा अभिनयका लागि उनले एक हलिउड प्रोजेक्टमा साइन गरिसकेकी छन् ।

उनले गरेको ट्विटअनुसार उनले डेब्यु गर्न लागेको फिल्मको नाम ‘वल्र्ड वार २’ रहेको छ । नूर इनायत खानको भूमिकामा देखिने उक्त फिल्मको छायांकन चाँडै हुने सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फिल्मको कथा ब्रिटिस जासुस अफिसर वेरा अटकिन्स वरपर घुम्नेछ । अफिसरको भूमिकामा कैस्टल एलम हुनेछन् । यो हलिउड फिल्मलाई लाइडिया डिन पिल्चरले निर्माण र निर्देशन गर्नेछन्।

यो भन्दा अघि बलिउड नायिका दीपिका पादुकोण र प्रियंका चोपडाले हलिउड प्रोजेक्टमा काम गरिसकेका छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW