कम्युनिष्ट सरकारले अधिनायकवाद ल्याएको देउवाको आरोप

0

वैशाख ३, चितवन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद सुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढङ्गले सरकारले काम गरिरहेको बताए ।

उनले भने, ‘ सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद सुरु भइसक्यो । मनोमानी बढ्यो । ‘अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, ‘ अब विकास गर्छन्, अधिनायकवादको । ‘ सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए । ‘ सुरुकै कामबाट धड्काधड्की विकास भएको छ, ‘ उनले व्यङ्ग्य गर्दै भने, ‘ कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् । ‘

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जीत-हार हुने कुरा स्वाभाविक भएको बताए । उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि कांग्रेस लडिरहने बताए । (रासस)

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW