भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण

0

वैशाख ३, नयाँ दिल्ली, भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन ।

भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन् ।

छत्तिसगढ राज्यको नारायनपुर जिल्लामा ती विद्रोहीहरुले आफ्ना हातहतियासहित आत्मसमर्पण गरेका प्रहरीले थप जानकारी दिएका छन् ।

प्रहरीसमक्ष आत्मसमर्पण गरेका यी विद्रोहीहरुले समाजिक कार्यहरुमा आफूहरुको सहभागीता रहने मनसाय व्यक्त गरेका छन् ।

आदिवासी र गरीब जनताको भूमि अधिकारीहरुको लागि उनीहरु दशकौदेखि लडाई गर्दै आएका यी विद्रोहीहरुको दाबी रहेको छ ।

रासस

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW