माधुरीसँग जोडी बाँध्दै अनिल कपुर

0

कोशी अनलाइन
वैशाख ३, मुम्बई, आगामी डिसेम्बर ७ मा प्रदर्शनका लागि छायांकन भइरहेको फिल्म ‘टोटल धमाल’ मार्फत बलिउड हिट जोडी अनिल कपुर र माधुरी दीक्षित पुनः एकसाथ पर्दामा देखिने भएका छन् । माधुरी र अनिल २६ वर्षपछि पुनः एकसाथ काम गर्दैछन् ।

इन्द्र कुमारले निर्देशन गरिरहेको उक्त फिल्ममा माधुरी र अनिलका अलावा अजय देवन, अरशद वारसी, जावेद जाफरी, रितेश देशमुख, सञ्जय मिश्रा लगायतलाई देख्न पाइने छ ।

एक ट्विट गर्दै अनिल कपुरले लेखेका छन्, ‘शुटिङ्गको पहिलो दिन निकै राम्रो भयो, टोटल धमालको शुटिङ्ग सुरु भएको छ । माधुरी दीक्षित, इन्द्र कुमार र म २६ सालपछि एकसाथ काम गरिरहेका छौं । तर हाम्रो क्षमता फिल्म ‘बेटा’का दिनहरुजस्तो छ । यो यात्रा रोमाञ्चक हुनेवाला छ ।’

यसअघि अनिल र माधुरीले फिल्म ‘लज्जा’मा अन्तिमपटक सँगै काम गरेका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW