नेकपा कार्यकर्ताको धम्कीपछि वडा कार्यालय बन्द

0

बाबुराम बास्तोला
कोशी अनलाइन
वैशाख ३, संखुवासभा, संखुवासभा जिल्लाको पाँचखपन नगरपालिकाको ८ र ९ नम्बरका वडाअध्यक्षमाथि नेकपा कार्यकर्ताको धम्कीपछि तीन दिनदेखि वडा कार्यालय बन्द भएका छन् । गत चैत २९ गते राति नेकपाका कार्यकर्ताले चुङखुरुङमा रहेको संयुक्त वडा कार्यालय परिसरमा झण्डा गाडेर एक विज्ञप्ति प्रकाशन गर्दै कार्यालय नखोल्ने उल्लेख गरेको वडा नम्बर ८ का अध्यक्ष छत्र न्यौपानेले जनाए ।

अहिलेको लडाईं दलाल सरकारविरूद्ध भएको र दलाल सरकारका सम्पूर्ण कामकाज ठप्प पार्ने नेकपाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नेकपाका कार्यकताले विभिन्न नम्बरबाट फोन गर्दै कार्यालय खोले कडा कारबाही गर्ने धम्कीसमेत दिएको वडाअध्यक्ष न्यौपाने बताए । उनले भने, ‘ अन्य जिल्लामा सामान्य हात-खुट्टा भाँच्ने कारबाही मात्र भएको छ ,यहाँ त्योभन्दा कडा कारबाही गर्छौं भन्दै धम्की दिन्छन् । ’ अहिले उत्पन्न भएको समस्याको बारेमा जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमा खबर गरिसकिएको पाँचखपन नगरपालिकाका मेयर बिपिन राईले बताए ।

उनले भने, ‘ आइतबार नै कार्यपालिकाको बैठक बसेपनि ठप्प भएको कामकाजको कसरी समाधान गर्ने भन्ने विषयमा कुनै ठोस निकास आउन नसकेको सकेको छैन । ‘ कार्यालय अनिश्चितकालका लागि बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । यस घटनाको अनुसन्धान भइरहेको संखुवासभाका प्रहरी निरिक्षक वेदप्रसाद गौतमले बताए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW