एट्लेटिकोको जितमा टोरेसको कीर्तिमान

0

कोशी अनलाइन
वैशाख ३, स्पेन, गएरातिको लेभान्टेविरुद्धको खेलमा एट्लेटिकोले ३–० को जित हासिल गरेको छ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडको जितसँगै फर्नान्डो टोरेसले व्यक्तिगत सय गोल बनाउँदै कीर्तिमानी बनाएका छन् ।


उक्त खेलमा एट्लेटिकोका लागि एंगल कोरेया, एन्टोनी ग्रिजमन र फर्नान्डो टोरेसले गोल गरेका थिए ।

खेलको ३३ औं मिनेटमा कोरेयोले गोल गरेर अग्रता दिलाएका एट्लेटिकोका लागि ग्रिजमनले ४८ औं मिनेटमा गोल गर्दै नतिजा दोब्बर बनाएका थिए । फेरी एट्लेटिकोका लागि टोरेसले ७७ औं मिनेटमा गोल गर्दै ३–० ले जित दिलाएका थिए ।

टोरेसको गोलसँगै उनले सय गोलको कीर्तिमान बनाएका हुन् । टोरेसले यसअघि सिजनको समाप्तीमा क्लब छाड्ने घोषणा गरेका थिए ।

लिगमा बार्सिलोना ८२ अंकमा शीर्ष स्थानमा छ । उसको पछाडि एटलेटिको ७१ र रियल ६७ अंकमा छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW