न्यूक्लाससँग आर्सनलको हार

0

कोशी अनलाइन
वैशाख ३, इङ्गल्याण्ड, गएराति भएको इंग्लिस प्रिमियर लिगको खेलमा आर्सनल पराजित भएको छ । न्यूक्लासलविरुद्धको खेलमा आर्सनल २–१ गोलले पराजित भएको हो ।

न्यूक्लासलको घरेलु मैदानमा भएको खेलको १४ औं मिनेटमा पिएरे अबामेयाङको पासमा अलेक्सान्द्रे लाकाजेटीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर, २९ औं मिनेटमा न्यूक्लासलका अयोजी पेरेजले गोल गर्दै खेल बराबरीमा ल्याए । फेरी ६८ औं मिनेटमा न्यूक्लासलका लागि म्याच रिचीले अर्को गोल थप्दै टिमलाई २–१ को जित दिलाएका थिए ।

जीतसंगै न्युक्यासलले तीन अंक जोड्दै तालिकामा ४१ अंक बनाएको छ । आर्सनल भने ५४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW