मालागालाई हराउँदै शिर्ष तीनमा म्याड्रिड

0

कोशी अनलाइन
वैशाख ३, स्पेन, स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको मालागाविरुद्धको खेलमा रियल म्याड्रिडले जित हासिल गरेको छ । मालागालाई २–१ गोलले हराएसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।


खेलको २९ औं मिनेटमा रियलका इस्कोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा इस्कोको असिस्टमै क्यासेमिरोले गोल गरेका थिए । खेलको ६३ औं मिनेटमा इस्कोको असिस्बट पाएका क्यासेमिरोले गोल गदै रियललाई २–० मा ढालेका थिए ।

यता मालागाका लागि ९० औं मिनेटमा डियगो रोलानले सान्त्वना गोल फर्काएका थिए ।
जितसँगै रियल ३२ खेलमा ६७ अंकसहित तालिकामा तेस्रो स्थानमा छ । भ्यालेन्सिया ६५ अंक लिएर चौथो स्थानमा छ भने ८२ अंकका साथ बार्सिलोना शीर्षस्थानमा छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW