सिन्धुपाल्चोकबाट विस्थापित एक परिवारको अवस्था दयनीय

0

रवीन्द्र बराल
कोशी अनलाइन
वैशाख २, मोरङ, माेरङकाे रतुवामाई नगरपालिका- ४ सिङगारी घर भएका रामचन्द्र गिरीको पाँचसदस्यीय परिवार पुनः विस्थापित हुने अवस्थामा पुगेको छ । २०७२ सालमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको विनाशकारी भुकम्पबाट हजारौं सर्वसाधारणहरु विस्थापित भए ।

त्यहाँबाट तराई क्षेत्रमा बसाेबास गर्नका लागि अाएकामध्ये एक परिवार पुनः विस्थापित हुने अवस्थामा पुगेको छ । सिन्धुपाल्चोक जिल्लाको साविक सेउले गाविसस्थित केराबारीमा दुई तले काठकाे घरमा उनीहरू बसाेबास गरिरहेका थिए । भुकम्प अाएर दुई तले घर एउटै डल्लो पर्यो । जसाेतसाे परिवारका सबै सदस्यहरु सकुशल रहेपनि घरमा बस्ने कुनै ठाउँ थिएन । अाफन्तकाे शरण लिएर सबै परिवार तराईमा अाएर बस्न सुरु गरे सुरु गरे । रामचन्द्र गिरी आफू सशस्त्र प्रहरीमा जागिरे छन् । उनी अहिले बारा जिल्लाकाे पतलैयामा कार्यरत रहेका छन् ।

उनको परिवार माेरङकाे रतुवामाई नगरपालिका-४ सिङगारीमा बसाेबास गरिरहेको छ ।उनका घरमा अहिले बुबा,श्रीमती,दुई छाेरा र एक छाेरी बस्दै अाएका छन् । रामचन्द्रले २०७० सालमा साेही नगरपालिका नजिकै अाफ्नाे सानो जागिरले छाेराछाेरीलाई शिक्षा दिएर अाफूले खाई-नखाई दुई पैसा जाेडेर १० कठ्ठा घर घडेरी स्थानीय मीनकुमारी आङ्गदावेसँग २०७०चैत्र १० गते आफ्नी श्रीमती चम्फा गिरीकाे नाममा खरिद गरेका थिए । सिन्धुपाल्चोकबाट विस्थापित भएपछि २०७२ सालमा सिङधारीमा अाएर ४ कठ्ठा ऐलानी जग्गामा सानाे घरमा बसिरहेका छन् उनीहरू ।

चम्फाले आफूले दु:ख गरेर किनेकाे खेत २०७३ साल चैत्र २० गते आफू बुबाकाे वार्षिक कामकाे सिलसिलामा काठमाडौं गएकाे मौका छाेपी साेहीस्थान बस्ने भरत दाहालले अाफ्नाे १० कठ्ठा खेतकाे माटाे स्थानीय रमेश कटुवाललाई बिक्री गरेकाे दुखेसो पोखिन् । उनीहरूले अाफ्नाे जग्गा आफू नभएको माैका छाेपी दाहालले बिक्री गरेकाे जानकारी गराउँदै २०७३ वैशाख २० गते झुर्किया चाैकीमा आफू अन्यायमा परेको भन्दै निवेदन दिएका थिए ।

साे निवेदनअनुसार स्थानीयवासी तथा प्रहरीहरुकाे राेहवरमा २०७४चैत्र मसान्तसम्म साे खेतमा गरिएको खाल्डाेमा माटाे भर्ने र एक वर्षको उब्जनीबापत ८ मन धान दिनुपर्ने सहमति भएतापनि एक वर्ष बितिसक्दासमेत न त उनीहरूको खेतमा माटाे नै भरिएको न त ८ मन धान नै पाएको दुखेसो पोख्दै उनले आफू अन्यायमा परेको बताइन् । एक वर्ष बितिसक्दासमेत प्रहरीमा दिएकाे उजुरी कागजमै सिमित रहेकाे पीडित चम्फाले बताइन् ।

यता, झुर्किया प्रहरी चाैकीका इन्चार्ज फूलवीर तामाङले अाफूले भरत र रमेशलाई बारम्बार भनेता पनि उनीहरुले अाज-भोलि भन्दै भन्दै प्रहरीलाई छालिरहेको बताए । प्रहरीको निर्देशन पीडकले मानेका छैनन् । लिखित प्रतिबद्धता गरेतापनि पीडकले पीडित परिवारकाे नत खेतमा माटाे नै भरे न त क्षेतिपुर्तिस्वरुप धान नै दिलाउन सके । अहिले पीडित न्यायकाे भिख मागिरहेका छन् । एक जनाकाे कमाईले पाँच जनाकाे परिवार पल्न आफूहरुलाई निकै समस्य परिरहेको रामचन्द्रले बताए ।

खेत राम्रो भएको भए खेतमा उब्जनी गरेर परिवार पाल्न अाफूलाई सहज हुने उनले बताए । अहिले साे खेत तीनदेखि चार फिटसम्म गहिराे रहेको र साे खेतमा केही उव्जनी गर्ने नसकेको उनको गुनासो छ । यता, भरत दाहाललाई टाेलिफाेनमा सम्पर्क गर्दा उनले भने कुरा मिलिसक्याे, केही छैन भन्दै पन्छिन खाेजेका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...