चलचित्र ‘विराङ्गना’को प्रदर्शन मिति घोषणा

0

काठमाण्डौँ, बैशाख २ । नेपाली चलचित्र ‘विराङ्गना’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले घाेषणा गरे अनुसार  राज बहादुर सानेको निर्देशनमा बनेको यो चलचित्र असार २९ गतेबाट रिलिज हुने भएको हो ।

नारी प्रधान कथामा तयार पारिएको चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता र देव तामाङ सह–निर्माता छन् ।

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको चलचित्रमा शिल्पा पोखरेल र अनुप विक्रम शाही मुख्य भूमिकामा छन् । साथै चलचित्रमा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...