४३ जना आमाहरु सम्मानित

0

उत्तम पोख्रेल
कोशी अनलाइन
वैशाख २, मोरङ, लालीगुँरास बचत तथा श्रण सहकारी संस्था बेलबारीले मातातीर्थ औंशीको पूर्वसन्ध्यामा ४३ जना आमाहरुलाइ सम्मान गरेको छ ।

आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरी उक्त सहकारीले आमाहरूको सम्मान गरको हो । प्रमाणपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको हो । ४३ जना आमाहरुलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी तथा वडा नम्बर ३ का वडाअध्यक्ष योगन्द्र सुवेदीले सम्मान गरेका थिए । प्रतयेक वर्ष सेयर सदस्यका आमा-बुबा तथा सासु-ससुरालाई सम्मान गर्ने गरेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए ।

मातातीर्थ औंशीमा आमाको तथा कुशे औंशीमा बुबाको मुख हेर्ने कार्यक्रम गर्नुका साथै विभिन्न समयमा रक्तदान कार्यक्रमसमेत गर्ने गरको लालीगुराँस सहकारी संस्थाका व्यवस्थापक केशव रुपाखेतीले बताए । कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले नगरपालिकाले ज्येष्ट नागरिकको सम्मान हुने खालका कार्यक्रम गरिरहेको बताए । उनले नगर तथा वडामार्फत् कार्यक्रम गरिरहेको जानकारी दिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...