भाट-भटेनीको छुट वैशाखसम्म 

0

कोशी अनलाइन
भाट-भटेनी सुपर मार्केट विराटनगरले सूचना जारी गरेर वैशाख महिनासम्म ग्राहाकलाई १० प्रतिशत छुट दिने घोषणा गरेको छ । यसअघि २०७५ साल बैशाख १ गते उद्घाटनको दिन प्रत्येक सामानमा १० प्रतिशत छुट दिने घोषण गरेको थियो ।

नयाँ वर्षको दिन किनमेल गर्न भाट-भटेनीमा मानवसागर नै उर्लिएपछि दिनको १ बजे सुपर मार्केट बन्द गरिएको थियो । भीडलाई नियन्त्रण गर्न नसक्दा भाट-भटेनीले सुरक्षा निकायको सहयोग लिएको थियो ।

तत्कालै सूचना जारी गरेर सुपर मार्केट प्रशासनले वैशाख महिनासम्म प्रत्येक सामानमा १० प्रतिशत छुटलाई निरन्तरता दिने जानकारी गराएको छ । जसको कारण नयाँ वर्षमा किनमेल गर्न नसकेका ग्राहक वर्गलाई सजिलो वा राहत हुनेछ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW