चलचित्र ‘हैरान’को शीर्ष गीत सार्वजनिक

0

काठमाडौं, बैशाख २ । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भैरहेको नेपाली चलचित्र ‘हैरान’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सत्यराज आचार्य र स्वरूपराज आचार्यको शब्द र संगीत रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

यो गीतमा सत्य, स्वरूपसँगै सरगम आचार्य र बबिता मानन्धरको समेत स्वर रहेको छ । राजन इशानले एरेन्ज गरेकोयो गीतको र्‍यापमा गिरिश खतिवडा रहेका छन् ।

यो गीतको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ भने भिडियोमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्र ‘हैरान’ कमेडी जनरमा तयार पारिएको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW