विराटनगरको भाट-भटेनी देशकै उत्कृष्ट शाखा 

0

कोशी अनलाइन
वैशाख २, मोरङ, भाट-भटेनी सुपर मार्केटले नयाँ वर्ष २०७५ को आगमनसँगै विराटनगरमा सन्चालनमा ल्याएको १५ औं शाखा देशकै उत्कृष्ट शाखाको रुपमा परिणत भएको छ । भाट-भटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङ दम्पतीले नयाँ वर्षको आगमन भएकै दिन गत शनिबारदेखि सुपर मार्केट सन्चालनमा ल्याएका छन् ।

विराटनगरलगायत आसपासका क्षेत्रका हजारौँ सर्वसाधारण किनमेल गर्न भाट-भटेनी आएका थिए । तर, भाट-भटेनीले भीड नियन्त्रण गर्न नसक्दा दिउँसो १ बजे गेट बन्द गरेर किनमेल गर्न आएकालाई प्रवेश निषेध गरेको थियो । किनमेलका लागि भित्र प्रवेश गरिसकेका ग्राहकलाई ३ बजेसम्म बाहिर निकालेर मार्केट खाली गराइएको थियो । भाट-भटेनीले सूचना जारी गरेर सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै आइतबार बिहान ८ बजेदेखि मार्केट सन्चालननमा ल्याउने जानकारी गराएको थियो ।

आइतबार बिहानदेखि भाट-भटेनी सन्चालन भइरहेको छ । भाट-भटेनीका सन्चालक गुरुङले देशभरि सन्चालनमा रहेका शाखाहरूमध्ये विराटनगर उत्कृष्ट शाखाको रुपमा परिणत भएको बताए । विराटनगरमा शाखा खोल्ने कि नखोल्ने भन्ने विषयमा उनी दोधारमा थिए । ‘ सीमाक्षेत्रमा जोगबनी बजार छ । यस्तो ठाँउमा लगानी गर्ने कि नगर्ने दोधार भइरहेको थियो । तर, जोखिम उठाएर सुपर मार्केट खोलेँ। विराटनगरवासीले देखाएको माया हेर्दा हामीले ठिकै गरेछौँजस्तो लाग्यो । ‘ गुरुङले भने ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW