जोगबनीका व्यापारी त्रसित

0

कोशी अनलाइन
वैशाख २, मोरङ, विराटनगरमा अरबौको लागनीमा खुलेको सुविधासम्पन्न सुपर मार्केटले ग्राहकलाई सुविधा प्रदान गर्न छुटको व्यवस्था गरेपछि जोगबनीका व्यापारीहरू त्रसित हुन थालेका छन् । विराटनगरमा यतिखेर अरबौको लगानीमा भाट-भटेनी सुपर मार्केट र नेपाल बजार सन्चालनमा छन् ।

यस्तै, सेञ्चुरियन सुपर मार्केट (महल), चौधरी र देवेनरा ग्रुपको संयुक्त लगानीमा मेनरोडमा सुविधासम्पन्न (सेन्ट्रल महल) सुपर मार्केट सन्चालनमा आउन लागेको छ । त्यसमा पनि नयाँ वर्षको आगमनसँगै सन्चालनमा आएको भाट-भटेनीले वैशाखभरि प्रत्येक सामानमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । सीमावर्ती जोगबनी बजारमा पाइने गरेको खाध्य सामग्री विराटनगरको भाट-भटेनीमा सस्तो दरमा पाइन्छ । जोगबनीमा प्रतिकिलो ६० रुपैयाँ पर्ने चिनी भाट-भटेनीमा ५५ रुपैयाँ प्रतिकिलो पाइन्छ ।

खाध्यान्न सामग्रीको मुल्यसमेत सस्तो छ । चीनबाट सिधै विराटनगर आउने लत्ता-कपडा लगायतका सामान जोगबनीभन्दा धेरै सस्तोमा पाइन्छ । सुनसरी, मोरङ र झापाका सर्वसाधारण किनमेलका लागि जोगबनी धाउने गर्थे तर विराटनगरमै सस्तो दरको विशाल भाट-भटेनी सुपर मार्केट खुलेपछि नेपाली ग्राहक जोगबनी आउने हुन् कि होइनन् भन्ने भय र चिन्ताले जोगबनीका व्यापारी त्रसित छन् ।

नेपाल सरकारले अरबौको लगानीमा खुलेका भाट-भटेनीजस्ता मार्केटलाई प्रोत्साहन गर्न सीमा नाकामा कडाइ गर्ने हो भने खुलेका सुपर मार्केटहरू लामो समयसम्म टिक्न सक्छन् । जस्ता मार्केटलाई प्रोत्साहन गर्न सिमानाकामा कडाई गर्ने हो भने खुलेका सुपर मार्केटहरु लामो समयसम्म टिक्न सक्छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW