घाटा कम गर्न पर्यटन उध्योगको प्रवर्द्धन आवश्यक : खनाल

0

वैशाख २, मोरङ, पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उध्योगले सघाउन पुर्याउने बताएका छन् । विराटनगरमा चार तारे बिग होटलको गत शनिबार साँझ उद्घाटन गर्दै उनले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताए ।

विराटनगर–जोगवनी रोडमा अवस्थित आठ कट्ठा १० धुर जग्गामा रु ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा रहेका छन् । छ तल्ले होटलमा स्वीमीङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन वटा स्विट कोठाको समेत व्यवस्था गरिएको छ । पर्यटकको बसाइलाई सहज बनाउन होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताए । निर्माण व्यवसाय, कृषि तथा जलविध्युत क्षेत्रमा कार्य गरिसकेका अवस्थामा प्रदेश नम्बर १ को मागअनुसार स्तरीय होटल सन्चालनमा ल्याएका अर्का सन्चालक रुपमणी राजभण्डारीले बताए ।

होटलमा आगामी दिनमा भारतीय पर्यटकको आकर्षणका लागि मिनी जुवा घर सन्चालनमा ल्याउनुका साथै थप एक सेमिनार हलको निर्माण गर्ने निर्देशक न्यौपानेले बताए । (रासस)

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW