बाल महोत्सवमा उत्साहजनक व्यापार

0

वैशाख १, उदयपुर, उदयपुर कटारी नगरपालिकास्थित कटारी बजारको टाइगर रंगशालामा सन्चालन भइरहेको बाल महोत्सवमा तीन दिनभित्र झण्डै रु.१५ लाख बराबरको आर्थिक कारोबार भएको छ ।

चैत २८ गतेदेखि सन्चालन भइरहेको सोे महोत्सवमा बाल अधिकारसँग सम्बन्धित विभिन्न कार्यक्रम सन्चालन तथा स्थानीयस्तरबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्रीजस्ता कार्यबाट सो रकमको कारोबार भएको आयोजक जनप्रेमी युवा मञ्च उदयपुरले जनाएको छ ।

१० दिनसम्म सन्चालन हुने सो महोत्सवमा एक सय २५ व्यापारिक स्टल राखिएका छन् भने स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको गीत तथा सांगीतिक प्रस्तुतिसमेत हुने गरेको मञ्चका अध्यक्ष सुरेश गुप्ताले बताए । (रासस)

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW