विराटनगरमा एकै पटक दुईवटा प्रोजेक्ट लन्च

0
कोशी अनलाइन
वैशाख १, मोरङ, आज बैशाख १ गते अर्थात् नयाँ वर्ष । आज अर्थात् शनिबार एकै पटक दुईवटा प्रोजेक्ट लन्च भएका छन् । आज विराटनगरको धरान रोडमा रहेको भाट-भटेनी सुपर मार्केटको १५ औ शाखा  सन्चालनमा आएको छ ।
उपभोक्तालाई मध्यनजर गर्दै उक्त सुपर मार्केट सन्चालनमा ल्याइएको हो । प्रदेश नम्बर १ का उपभोक्तालाई जोगबनी जानबाट रोक्ने उद्देश्यले भाट-भटेनीको उद्घाटन गरिएको सन्चालक मीनबहादुर गुरुङले बताए । गुरुङका अनुसार सुपर मार्केटले एकै ठाउँमा सबै उपभोग्य सामान उपलब्ध गराई उपभोक्ताको समयको बचत गर्नेछ ।
एक नम्बर प्रदेशको राजधानी विराटनगरमा एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने उद्देश्यले खडा गरिएको भवनमा अण्डरग्राउण्डसहित सात तलाको भवन बहुउद्देश्यीय व्यापारिक सपिङ सेन्टरका रुपमा सबै सामानले भरिभराउ छ । भाट-भटेनीमा बेसमेन्टको स्थान पार्किङ र कार्यालयका लागि छुट्याइएको छ ।
भूइं तलामा ग्रोसरी अर्थात खाध्य सामग्री र पहिलो तलामा भान्साका सामग्री अर्थात् किचनवेयर र शृङ्गार–कस्मेटिकका सामग्री राखिएको छ । त्यस्तै, दोस्रो तलामा रेडिमेड गार्मेन्ट र कपडा, तेस्रोमा फुटवेयर र इलेक्ट्रोनिक्स तथा चौथो तलामा फर्निचरका सामग्री राखिएका छन् । करिब ५० करोडको लगानीमा विराटनगर-९ मा रहेको बिग होटलको आज उद्घाटन भएको छ ।
होटलका जनरल म्यानेजर केशवप्रसाद पौडेलका अनुसार आज बेलुकादेखि होटल सन्चालनमा आउने छ ।  होटलमा करिब ५ सयजना क्षमता भएको दुईवटा सेमिनार हल छन् । होटलमा लामो समयदेखि विदेश तथा नेपालका स्टार लेबलका होटलमा काम गरेका कुक, वटेर तथा कर्मचारीहरुले सेवा उपब्ध गराउने छन् ।
2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW