सरिफको राजनीतिक यात्रामा अदालतको अवरोध

0

चैत ३०, इस्लामावाद, पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएका छन् । पाकिस्तानको सर्वोच्च अदालतले उनलाई जीवनभरि निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो ।

पाकिस्तानी संविधानको धारा ६२ अनुसार उनलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सन्चारमाध्यमहरुले जनाएका छन् । यो फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य भएको छ । यस विषयमा सरिफको प्रतिक्रिया भने आइसकेको छैन । भ्रष्टाचारको आरोप लागेपछि उनले गत वर्ष सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए ।

उनी झण्डै चार वर्षअघि तेस्रोपटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री पदको सपथ लिइरहँदा ६७ वर्षीय सरिफले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ अपनाउने वाचा गरेका थिए । (रासस)

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW