Rumpum

Rumpum Advertisement

आमाबुवाको मृत्यु भएको चार वर्षपछि बच्चाको जन्म, यसरि भयो सम्भव !

आमाबुवाको मृत्यु भएको चार वर्षपछि बच्चाको जन्म, यसरि भयो सम्भव !

काठमाडौं, चैत २९ । चीनमा कार दुर्घटनामा परी मृत्यु भएका एक दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ ।

बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने ‘सरोगेट मदर’मार्फत् ती बालकको जन्म भएको हो ।

सन् २०१३ मा कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने आशामा उक्त दम्पतीले आफ्ना केही भ्रूण नबिग्रिने गरी कम तापक्रममा भन्डारण गर्ने व्यवस्था मिलाएका थिए ।

लाओसकी ‘सरोगेट’ आमामार्फत् ती बालकको जन्म गत डिसेम्बरमा भएको हो भने यसबारेको खबर हालै सार्वजनिक भएको छ ।

दुर्घटना हुँदा भ्रूण नान्जिङ अस्पतालमा तरल नाइट्रोजन भएको ट्यांकमा माइनस १९६ डिग्रीमा जमाएर सुरक्षित राखिएको थियो ।

कानुनी लडाइँपछि ती बालकका घर र मावलीतर्फ गरी चारैजना हजुरबुवा–हजुरआमाले भ्रूणको अधिकार पाएका थिए ।

चीनमा सरोगेसी गैरकानुनी भएकाले उनीहरु सरोगेसी कानुनीरूपमा सन्चालन हुने लाओसस्थित सरोगेसी सेवा उपलब्ध गराउने संस्थामा पुगेका थिए ।

एजेन्सी

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ